नियम २३
छुट अन्तर्वार्ता लिन सक्ने
अन्तर्वार्ताको निमित्त छानिएको उम्मेदवारले देहायका कारण देखाई अन्तर्वार्ता सम्पन्न भएको मितिले दश दिन भित्र अन्तर्वार्ताको लागि उपस्थित हुन नसकेको प्रमाण सहित निवेदन दिएमा र जाँचबुझ गर्दा मनासिव देखिएमा आयोगले अन्तर्वार्ता भएको मितिले पन्ध्र दिन भित्र त्यस्तो छुट उम्मेदवारको अन्तर्वार्ता लिन सक्नेछः
(क) भवितव्य परेमा,
(ख) सरकारी कामको कारणबाट उपस्थित हुन नसकेमा,
(ग) किरिया बस्नु परेमा,
(घ) सुत्केरी भएमा,
(ङ) अशक्त बिरामी भएको कुरा चिकित्सकबाट प्रमाणित भएमा ।
स्पष्टीकरणः भवितव्य भन्नाले बाढी, पैह्रो गई बाटो बन्द हुनु आदि कारणलाई जनाउनेछ ।